लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र र प्रयोगकर्ता बिचका शर्तहरु
१. मैले पेश गरेका सबै विवरणहरु साँचो हुन् ।कानूनत: दण्डनीय हुनेगरी झुट्टा विवरण पेश गरेको छैन ।
२. मैले उपलब्ध गराएका आवेदनसँग सम्बन्धित विवरणहरु केन्द्रले छनौट, अध्ययन, अनुसन्धान तथा तालिम व्यवस्थापनको उद्देश्य अनुसार प्रयोग गर्न सक्नेछ भन्ने शर्तमा मञ्जुर छु ।
३. प्रशिक्षणको अवधिमा (तालिममा छनौट भएपछि) निर्धारण भएका आचारसंहिताको पूर्णरुपमा पालना गर्नेछु ।
४. तालिम लिएपछि प्राप्त सीपको पूर्णरुपमा उपयोग गरी स्वरोजगार भई थप रोजगारी समेत सिर्जना गर्न लागिपर्नेछु ।
५. लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रको उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि, 2082 बमोजिम रहेका कानूनी प्रावधान अनुसार आवेदन दिई सो अनुसार हुने छनौट प्रणालीमा पूर्र्ण विश्वस्त छु ।निर्देशिकाका प्रावधान बारे सामान्य जानकारी लिएर आवेदन दिएको छु ।
६. मेरो इमेल र लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रको Website को नियमित जानकारीमा रहनेछु, यसबाट आउने जानकारीलाई नै अन्तिम सूचना मान्नेछु र यसको लागि मलाई छुट्टै सुचना दिनुपर्ने छैन भन्ने शर्तमा मन्जुर छु ।
७. माथि मैले जुनसुकै तालिम संचालन केन्द्र छनोट गरेता पनि बजेट र श्रोत साधनको सिमितता, प्रशिक्षक तथा सीपमुलक तालिम लगायत विषयगत ज्ञान र सिपको आवश्यक पूर्वाधारहरुको उपलव्धताको आधारमा केन्द्रबाट तालिम संचालन हुने स्थान पछि तोकिए बमोजिम हुनेछ भन्ने शर्तमा म पूर्ण जानकार भई मन्जुर छु ।
८. मैले आवेदन पेश गरेका जतिसुकै तालिमहरुमध्ये केन्द्रले छनौट गरेको कुनै एक तालिममा मात्र सहभागी हुन मञ्जुर छु।